Posts

पार्वणश्राद्धविधिः

Image
अथ पार्वणश्राद्धविधिः कर्ताले पवित्र भई आचमन गरेर, गोबरले लिपेको आँगनमा दीप प्रज्वलित गरी पुनः आचमन गरेर पश्चिम फर्किई पहिले विश्वेदेव ब्राह्मणलाई निमन्त्रण गर्नुपर्छ। १. ब्राह्मणनिमन्त्रणम् आफ्नो देब्रे हातले ब्राह्मणको दाहिने घुँडा छोएर, आफ्नो दाहिने घुँडा टेकेर, दाहिने हातले हत्केला तल पारेर ताम्बूल (पान) आदि ब्राह्मणको हातमा दिएर— ॐ अद्येत्यादि (अमुक) सगोत्राणाम् अस्मत्पितृ-पितामह-प्रपितामहानाम् (अमुकामुकामुक) शर्मणां सपत्नीकानां वसुरुद्रादित्यस्वरूपाणां श्राद्धसम्बन्धिनां विश्वेषां देवानां पुरूरवार्द्रवनाम्नाम् अद्यकर्तव्यमहालयापरपक्षान्तर्गतपार्वणश्राद्धे अनेन ताम्बूलगन्धपुष्पाक्षतेन त्वं मया निमन्त्रितः। ॐ निमन्त्रितोऽस्मि इति प्रतिवचनम्। पुनः ती सबै पूर्ववत् (अघिल्ला) अनुसार गरेर— ॐ अद्येत्यादि (अमुक) सगोत्राणाम् अस्मन्मातामह-प्रमातामह-वृद्धप्रमातामहानाम् (अमुकामुकामुक) शर्मणां सपत्नीकानां वसुरुद्रादित्यस्वरूपाणां श्राद्धसम्बन्धिनां विश्वेषां देवानां पुरूरवार्द्रवनाम्नाम् अद्यकर्तव्यमहालयापरपक्षान्तर्गतपार्वणश्राद्धे अनेन ताम्बूलगन्धपुष्पाक्षतेन त्वं मया निमन्त्रितः। ॐ निमन्त्र...
Image
  श्रीमद्भागवत माहात्म्यम् अथ प्रथमोऽध्यायः देवर्षि नारदको भक्तिसँग भेट सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे । तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः ॥ १ ॥ सच्चिदानन्दस्वरूप भगवान् श्रीकृष्णलाई हामी नमस्कार गर्दछौं, जो जगत्को उत्पत्ति, स्थिति र विनाशको हेतु तथा आध्यात्मिक, आधिदैविक र आधिभौतिक यी तीनै प्रकारका तापहरूको नाशक हुनुहुन्छ ॥१ ॥ यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर आजुहाव । पुत्रेति तन्मयतया तरवोऽभिनेदु- स्तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि ॥ २ ॥ जुन समय श्रीशुकदेवजीको यज्ञोपवीत-संस्कार पनि भएको थिएन तथा लौकिक-वैदिक कर्महरूको अनुष्ठानको अवसर पनि आएको थिएन, त्यतिबेला उहाँलाई एक्लै नै संन्यास लिनको लागि घरबाट जाँदै गरेको देखेर उहाँको पिता व्यासजी विरहले कातर भई बोलाउन लाग्नुभयो "छोरो ! छोरो ! तिमी कहाँ गईरहेको छौ?" त्यस समय वृक्षहरूले तन्मय भएको कारण श्रीशुकदेवजीको तर्फबाट उत्तर दिएका थिए। यस्ता सर्वभूत-हृदय स्वरूप श्रीशुकदेवमुनिलाई म नमस्कार गर्दछु ॥२॥ नैमिषे सूतमासीनमभिवाद्य महामतिम् । कथामृतरसास्वादकुशलः शौनकोऽब्रवीत् ॥ ३ ॥ एकपल्ट...